काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रोल्पाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको रूपमा पार्टी महासचिव विप्लव चन्दको नाम मात्रै उम्मेदवारको रूपमा पठाएको छ । रोल्पा इञ्चाज सम्झना घर्ती (असिना) ले बुधबारको पार्टी बैठले महासचिव विप्लव सीको नाम एकल रूपमा उम्मेदवारको रूपमा पठाउने निर्णय गरेको बताइन् ।
फागुन २१ मा हुने निर्वाचनका लागि जन्मथलो रोल्पाबाट पार्टी महासचिव नेत्रविक्रम चन्दको नाम मात्रै पठाइएको उक्त पार्टीले जनाएको छ । विप्लव नेतृत्वको पार्टी पहिलो पटक निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा होमिन थालेको हो। कुनै दिनका आफ्नै सैन्य कमाण्डर प्रचण्डसँग संस्थापक नेता मोहन वैद्यले पार्टी विभाजन गरेपछि विप्लव उनीतर्फ लागेका थिए ।
नेता वैद्यले पनि भने अनुरूप क्रान्ति अगाडि बढाउन नसकेको आरोपसहित उनले पुन: पार्टी विभाजन गरेका थिए। त्यसपछि उनी विगतको माओवादीले जस्तै केही समय भूमिगत जीवन बिताएका थिए। उनले सैन्य संरचनासमेत तयार पार्न थालेका थिए । नेताहरूमाथि धरपकड तीव्र भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा शान्तिपूर्ण राजनीतिमा आएका थिए ।
FACEBOOK COMMENTS