काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म बीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारि गरिएको जानकारी दिएका हुन् ।
उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम निषेधाज्ञाको आदेश जारी गरेको जानकारी दिएका छन् ।
उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ । वीरगन्जमा आइतबार अज्ञात व्यक्तिहरुले मस्जिद भत्काएको विषयमा प्रदर्शन भएको थियो ।
FACEBOOK COMMENTS