काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राध्यापक प्राडा विश्व पौडेल नियुक्त हुने भएका छन् ।
लामो रस्साकस्सीपछि सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पौडेललाई गभर्नर बनाउने सहमति भएको हो ।
अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए ।
आज बिहान पनि बालुवाटारमा दुई नेताबीच यस विषयमा कुराकानी भएको थियो । अनेक हतकण्डा अपनाएर गभर्नर एमालेको भागमा पार्ने दाउमा रहेका ओलीले अन्ततः कांग्रेसकै प्रस्ताव स्वीकार गरेका हुन् ।
आजै साँझ मन्त्रिवपरिषद्को बैठक पनि बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार आजै सिफारिस समितिबाट पौडेलको नाम सिफारिस भएर मन्त्रिपरिषद्बाट नियुक्ति हुन सक्ने सम्भावना छ ।
पौडेल यसअघि गनर्भर सिफारिस समितिको सदस्य थिए । कांग्रेसले उनलाई गभर्नर बनाउने भएपछि त्यसबाट राजीनामा उनी यसतर्फ लागेका हुन् ।
FACEBOOK COMMENTS