काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ बाट उपसभापति विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
खुलातर्फ भएको निर्वाचनमा शर्माले ६३८ मत प्राप्त गरे। झापा–१ मा महाधिवेशन प्रतिनिधि चयनका लागि ७१० मतदाता रहेकोमा शर्मा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार बनेका हुन्।
खुलातर्फ शर्मा, केशवराज पाण्डे, नारायण गिरी, भुपु राई, अर्जुन राई, प्रेम सम्बाहाङ्फे, गोपाल तामाङ, पुष्पराज पौडेल, टेकबहादुर लिम्बु र लोकराज ढकाल निर्वाचित भएका छन्।