काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा रुष्ट बनेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङ हटाएको हो । सरकारको यो निर्णय लगत्ते शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्
‘कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायांमा पार्नेगरी सरकारकोे यो निर्णय समयोचित विल्कुलै भएन ।’
FACEBOOK COMMENTS