काठमाडौं । सरकारले विभिन्न चारवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक नियकाहरूले गरेको सिफारिसबमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
दुईवटा कम्पनीलाई डेढ–डेढ वर्ष र दुईवटा कम्पनीलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरूमा बिल्ड ब्रदर्श कन्सट्रक्शन प्रालि टोखा नगरपालिका–१० गोङ्गबु काठमाडौं, एसएम कन्सट्रक्शन हटिया–१ मकवानपुर, राना फर्निचर सःमिल उद्योग मध्यनेपाल नगरपालिका–४ लमजुङ र गौरीगोमा निर्माण सेवा शारदा नगरपालिका–८ सल्यान छन् ।
कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि ठेक्का प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।
हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरूको विवरण–
FACEBOOK COMMENTS