काठमाडौ । भारतको अडिओ र वेयरेवल ब्राण्ड ‘बोएट’ ले व्यापार प्रवर्द्धनका लागि यही भदौ २० देखि २६ गतेसम्म दराजमा ‘बोएटहेडडेज’ नामक ब्राण्ड वीक सेल आयोजना गरेको छ ।
यस अवधिमा उत्पादनमा ७० प्रतिशतसम्मको छुटका साथै बोएटका प्रिमियम अडिओ र लाइफस्टाइल उत्पादन किफायती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
२०७९ फागुनमा नेपाली बजारमा सार्वजनिक भएको बोएटको व्यापार तुलनात्मक रूपमा ४ गुणाले बढेको कम्पनीको दाबी छ । नेपाली बजारका लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोएटले नयाँ प्रविधियुक्त प्रिमियम अडिओ र लाइफस्टाइल उत्पादनहरूको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको जनाएको छ ।
बोएटले टीडब्ल्यूएस मोडलहरू निर्भाना, आईओएन, एयरड्रप सुप्रिम र एयरड्रप नाइन वानका साथै वेभकल टु, स्मार्टवाच र पावर बैंकहरू पनि उपलब्ध गराउँदै आएको छ । बोएटका उत्पादनहरू नेपालभर १ हजारभन्दा बढी रिटेल तथा मोबाइल पसलमा उपलब्ध छ ।
‘हामी नेपाली बजारमा नवीन र उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्न अझै प्रतिबद्ध छौं । टेलिटकसँगको हाम्रो साझेदारीले हामीलाई अझ बढी उपभोक्तासम्म पुग्न सक्षम बनाउने छ र यस क्षेत्रमा निरन्तर वृद्धिको आशा राखेका छौं,’ इमेजिन मार्केटिङ लिमिटेडका प्रवक्ताले भने ।
FACEBOOK COMMENTS