काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५ दशमलव २६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ ।
फाइनान्सले यस पटक बोनस सेयर नदिने भएको छ । उक्त लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिएको थियो ।
FACEBOOK COMMENTS