![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी शुक्रबार आदेश दिएको हो ।
व्यवसायिक वातावरण नरहेको दाबी गर्दै यही साता मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध गोकुल बहादुर रोकायाले उच्च अदालतमा रिट निवेदन दिएका थिए ।
FACEBOOK COMMENTS