काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स हकप्रद सेयर निष्कासन प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गर्ने भएको छ ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः०.२७ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्यकसन गर्न लागेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS