काठमाडौं । वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान भएको छ ।
गत असोजमा आएको बाढीले बगाएको सडक सरकारले ६ महिनापछि निर्माणको ठेक्का आह्वान गरेको हो ।
असोजमा वीपी राजमार्गमा आएको बाढीले उक्त सड़क लगभग १२ किलोमिटर बगाएको थियो।
त्यसपछि सरकारले अहिलेसम्म त्यसको निर्माण अगाडि बढाउन सकेको थिएन। अहिले नेपालथोकदेखि वर्षे खोलासम्मको लगभग ५ किलोमिटर सडक निर्माण गर्न पहिलो चरणमा ठेक्का आह्वानगरिएको हो ।
पहिलो चरणको ठेक्का आह्वान गरेका ३० दिनसम्म आवेदन दिने म्याद हुने र त्यसपछि प्राविधिक र आर्थिक मूल्यांकन गर्ने काम गर्दा साठे दुई महिना जतिमा ठेक्का सम्झौता हुने स्रोतको भनाई छ । यो खण्डको लागि सरकारले १ अर्व रुपैयाँ भन्दा माथिको बजेट छुट्याएको छ यो ठेक्काको काम दुई वर्षमा सम्पन्न हुने भएकाे छ ।
FACEBOOK COMMENTS