महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा ऋणको साटो अनुदान लिनुपर्ने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताए ।
सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए ।
फरक प्रसङ्गमा सभापति देउवाले मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताए ।
सभापति देउवाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS