काठमाडौं । सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् ।
साेमबार नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्राेकर कमिसन घटाउन माग गरेका हुन् ।
यस्तै डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।
बाेर्ड अध्यक्ष हमालले लगानीकर्ताका मागका बारेमा क्रमिक रूपमा समन्वयन गरेर सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले बजारलाई भावनमत्मक रूपमा लगानीकर्तालाई अभिभावक छ भन्ने अनुभूति दिलाउन काम गर्ने उनले बताए ।
अर्थमन्त्री पनि यसमा सकारात्मक रहेकाे अध्यक्ष हमालको भनाइ छ ।
लगानीकर्ता मनाेबल बढाउने गरी अर्थमन्त्रीसँग छलफल भइरहेकाे र नेपाल राष्ट्र बैकसँग पनि समन्वयन गर्न अर्थमन्त्रीले पहल गरिरहेकाे उनले बताए ।
लगानीकर्ताले मार्जिन कर्जामा १२ कराेडकाे सीमा हटाउनुपर्ने, १५० प्रतिशत रहेकाे जाेखिम भार १०० प्रतिशत कायम गर्न माग गरेका थिए ।
FACEBOOK COMMENTS