काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आर्थिक वगर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
आज आइतबारको प्रतिनिधि सभा बैठकले बहुमतले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक आगामी मंगलबार दिउँसो १ बजेका लागि बोलाएका छन् ।
सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS