काठमाडौं । सरकारले काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विषय समावेश गरी उनले प्रदर्शनीस्थल बनाउने नीति ल्याएका हुन् ।
यस्तै उनले काठमाडौंको शंखरापुरमा जहरसिंह पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बूढानीलकण्ठ–गोकर्णेश्वरमा मदन भण्डारी बहुउद्देश्यीय पार्कको निर्माण कार्य सुरू गरिने पनि बताएका छन् ।
त्यसैगरी, तनहुँको चुदी रम्घामा भानु साहित्य उद्यान निर्माण गरिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
निजी क्षेत्रलाई उत्साहित गर्न बजेटमार्फत के–के ल्याइयो नयाँ नीति ?
यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
FACEBOOK COMMENTS