काठमाडौं । सरकार टेक एण्ड पेमा अगाडि बढ्ने भएको छ ।
जलविद्युत उत्पादनमा यो लागू हुने भएको हो । यसभन्दा पहिलेको सरकारले टेक एण्ड पे समावेश गरेको भनेर विरोध भएको थियो ।
जलविद्युत उत्पादनको लागि लाइसेन्स होल्ड गरेर बसेकाको लाइसेन्स खोसिने भएको छ भने, विद्युत व्यापारमा निजी क्षेत्रलाई पनि समेटिने बताइएको छ । आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।