काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।