काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी भएको छ ।
चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा प्र.०३ -०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।
कलंकीबाट थानकोटतर्फ जाँदै गरेको उक्त बसमा बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरीले जनाएको छ ।
पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर १ बजे लागेको आगो १ बजेर २० मिनेट जाँदा नियन्त्रणमा लिइएको थियो ।
बस जलेर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भएको छैन ।
FACEBOOK COMMENTS