काठमाडौं । बुटवल पावर कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले यो पटक सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, प्रिमियम मूल्यमा १ करोड कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने प्रस्ताव सभामा लैजाने भएको छ ।
एफपीओ निष्कासनका लागि हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँलाई वृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले कम्पनिले तोकेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS