नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।
प्रहरीले अहिले सडकमा लेदो सहितको पहिरो खसेको र पहिरो हटाउने कार्य जारी रहेको जानकारी दिएको छ । केहि दिनदेखि लगातार बर्षा भएपछि निर्माणाधीन दाउन्ने सडक हिलो र चिप्लो भएकाले सडक एकतर्फी हुदा लामो समय जाम हुने गरेको छ ।
FACEBOOK COMMENTS