काठमाडौं । बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साइमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको छ ।
यस उपलब्धिले बीवाईडीको विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ । वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रूचि र बीवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउँछ ।
विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जनतर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ ।
नेपालले हरित भविष्य अँगाल्दै गर्दा साइमेक्स इन्कले बीवाईडीका बीवाईडी एट्टो थ्री, बीवाईडी डल्फिन र बीवाईडी सिल जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनका कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् ।
‘बीवाईडीको ३० औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो । यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो । सँगसँगै हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउन मदत गर्दैछौं,’ साइमेक्स इन्कका नेशनल सेल्स प्रमुख अशुतोष गौतमले भने ।
बीवाईडी र साइमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदायकेन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको छ । यो सफलता नेपालको दिगो विकास र सफा अनि हरित भविष्यको लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यको एउटा महत्त्वपूर्ण कदम हो ।
FACEBOOK COMMENTS