काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
सोमबार साँझ ५ बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने विषय भने टुङ्गो लागेको छैन ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न सक्ने आकलन गरिएको छ ।
सत्तारूढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच अर्थविद् डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै समितिबाट राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS