काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टिमको घोषणा गरेको छ ।
क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा हालै सम्पन्न एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल र वसिर अहमदले स्थान बनाएका छन् ।
विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।
आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।
FACEBOOK COMMENTS