काठमाडौं । नेपाल आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो संस्करणमा उपविजेता बनेको छ ।
शुक्रबार अन्तिम खेलमा इटालीलाई पराजित गर्दै नेपाल उपविजेता बनेर प्रतियोगिता सकेको छ । प्रतियोगिताको उपाधि भने अमेरिकाले जितेको छ ।
नेपालले खेलेका ८ खेलमा ५ जित र ३ हार बेहोर्दै १० अंक बटुलेको थियो । नेपालले अमेरिकासँगका दुवै खेल र एक खेल भानुआटुसँग हारेको थियो ।
त्यस्तै अमेरिकाले भने ८ खेलमा ६ जित हासिल गरेको थियो भने एक हार र एक खेल रद्ध भएको थियो ।
त्यसैगरी आयोजक रुवाण्डा ९ अंकसहित तेस्रो भयो भने इटाली चौथो र भानुआटु पाँचौं भएको थियो ।

