काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको टिकट बिक्री खुला गरेको छ । यो सँगै टिकटको मूल्य सार्वजनिक भएको छ ।
क्यानले मिति २०८२ साल मंसिर १ गतेदेखि गोविन्द भट्टराई क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुन गइरहेको प्रतियोगिताका लागि टिकट दर तोकेको हो।
क्यानका अनुसार, ओपनिङ डे र शनिबारका खेलका लागि सामान्य टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १५०० तोकिएको छ ।
सप्ताहका अन्य दिनका खेलहरूमा पनि सामान्य टिकट ५०० र प्रिमियम टिकट १ हजार रुपैयाँ रहनेछ । प्ले अफ र फाइनल खेलका लागि सामान्य टिकट १ हजार र प्रिमियम टिकट २ हजार तोकिएको छ।
यस संस्करणको सिजन पासको मूल्य १५ हजार निर्धारण गरिएको छ । टिकट ‘खल्ती बाई आइएमइ’ मार्फत खरिद गर्न सकिने जनाइएको छ।

FACEBOOK COMMENTS