विगतमा आयोजना भएका क्यान इन्फोटेकहरूमा सुबिसुले लगातार सात वर्षसम्म टाइटल स्पोन्सरका रूपमा सहभागिता जनाइसकेको छ ।
यो वर्ष इन्फोटेकमा सहयोगीका रूपमा स–सम्मान सक्रिय सहभागिता रहेको छ । नयाँ वर्ष २०७९ को अवसरमा जारी गरिएको प्रडक्टहरूकै साथमा हामी यहाँ उपस्थित छौँ ।
हामीसँग भएका तिनै प्रडक्टहरूलाई अब्बल बनाएर प्रवर्द्धन गरिरहेका छौँ । कतिपय हाम्रा प्रडक्टहरू ओझेलमा पनि परेका छन् । त्यसलाई अगाडि ल्याउनका लागि हामीलाई क्यान इन्फोटेक अवसर बनेर आएको छ । कोभिड–१९ महामारीका कारण दुई वर्षदेखि हुन नसकेको यो इन्फोटेकले कतिपय हाम्रा प्रडक्टहरूलाई पुनर्ताजकी गराउन पनि मद्दत मिलेको छ ।
हाम्रो पहुँच र सञ्जाल ७७ वटै जिल्लामा छन् भने ग्राहक संख्या र व्याण्डवीथका आधारमा हामी अहिले देशको दोस्रो नम्बरको इन्टरनेट सेवाप्रदायक हौँ । यसअघि नम्बर १ समेत बनिसकेको हाम्रो कम्पनीलाई ग्राहकले अत्यधिक रुचाइदिनुभएको छ भने थप राम्रो सर्भिसका लागि हामी प्रयत्नरत छौँ । वायरलेस, केवल मोडियम, थ्रीजी र फाइबर एफटीटीएचमा अपग्रेड हुँदै हामी यहाँसम्म आएका छौँ ।
साथै इन्टरनेटको दुनियाँमा आएका कतिपय नयाँ–नयाँ टेक्नोलोजी नेपाल भित्र्याउने कम्पनी सुबिसु हो । त्यस्तै हामीले डिजिटल टीभी सर्भिस पनि नेपालमा पहिलोचोटी थियौँ । त्यसकारण नयाँ टेक्नोलोजी इन्टरड्युस गराउन सुबिसु केबलनेट अगाडि छ ।
FACEBOOK COMMENTS