काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले विजय दशामीको अवसरमा आफ्ना ग्राहकहरुका लागि धमका अफर लिएर आएको छ ।
यस योजना अन्तर्गत हवाई टिकटमा रु १२०० सम्मको क्यासब्याक, बस टिकटमा १०% सम्मको क्यासब्याक, सुविसु इन्टरनेट भुक्तानीमा ५% क्यासब्याक, भायनेट भुक्तानीमा ५% क्यासब्याक ।
र मोबाईल रिर्चाजमा ६% क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएकाे छ ।
यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।
सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा गर्न सकिन्छ ।
FACEBOOK COMMENTS