काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् ।
यसअघि कामू सीईओको रुपमा जिम्मेवारी बहन गर्दै आएका न्यौपानेलाई आज बुधबार बसेको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकबाट तुलसीराम गौतमले असार २० गते राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको पदमा न्यौपानेले नैे सिईओ जिम्मेवारी पाएका हुन् ।
न्यौपानेले काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएका उहाँले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
FACEBOOK COMMENTS