काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६र०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.४२प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
जसमा बोनस ४.२ प्रतिशत र कर प्रयोजनको लागि ०.२२ प्रतिशत रहेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बिमा समितीले स्वीकृत गरेपश्चात र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
FACEBOOK COMMENTS