काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत सीईओ उर्मिला श्रेष्ठले अहिले कम्पनीले चिनी मल बिक्री गरिरहेको बताएकी छिन् ।
उनले सरकारको निर्देशन बमोजिम मूल्य तथा कालाबजारी नियन्त्रणका लागि काम गरिरहेको जानकारी गराइन ।
सरकारको आंशिक स्वामित्व भएका कारण कम्पनीको यो दायित्व रहेको उनको भनाइ छ ।
उनले साल्ट ट्रेडिङ कर्पोरेसनको सहायक कम्पनी मार्फत विभिन्न अन्य क्षेत्रमा लगानी रहेको उनको भनाइ छ । उनले साल्ट ट्रेडिङ कर्पोरेसनको लगानी भएको कम्पनीले भूकम्प प्रतिरोधी घर बनाउनुका साथै बीमा कम्पनीले लगानी गरेको सीईओ श्रेष्ठले बताइन् ।
उनले लगानी विविधिकरण गर्नका लागि अहिले एसटीसी इन्भेष्टमेन्ट कम्पनी खोलेको उनको भनाइ छ । सामूहिक रुपमा लगानी गर्नका लागि उनले लगानीकर्ताहरुलाई सँगै हातेमालो गरेर अगाडी बढ्नका लागि आग्रह गरिन् । उनले राम्रो उद्योग व्यवसायमा लगानी आवश्यक परेको खण्डमा एसटीसी इन्भेष्टमेन्ट कम्पनीले लगानी गर्ने समेत जानकारी गराईन् ।

,
