काठमाडौं । भोलि (जेठ २० गते) देखि सुरू हुने टी२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ ।
नेपाल सन् २०१४ पछि दोस्रो पटक भाग लिँदैछ । नेपाली क्रिकेट टीम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ ।
यसपाली नेपाली टीमले टी२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ ।
यसैबीच नेपालको सबैभन्दा ठूलो र नं १ ब्राण्ड सीजीले टी२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टीभी नेपालको’ अभियान सुरु गरेको छ । यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरूले कुनै पनि सीजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ इन्चको टीभीमा सीजीको २.१ स्पिकर प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन–द–स्पट ०% ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सीजी इलेक्समार्फत आफ्नो सामानको मूल्याङ्कन आफै गरी एक्सचेन्ज गर्न सक्नेछन् । सीजी ब्रान्डका टीभीहरू नेपालको एक मात्र आइएसओ ९००१ः२०१५ प्रमाणित टीभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सकिने कम्पनीले जनाएको छ ।
आईसीसी टी२० विश्वकप २०२४ को नजिकिँदै जाँदा नेपाली फुटबल फ्यानहरूले सीजीको क्युलेड नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टीभी मार्फत खेलको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । यो अभियान नेपालभर सीमित समयका लागि लागु हुने पनि कम्पनीले स्पष्ट गरेको छ ।
FACEBOOK COMMENTS