काठमाडौं । नेपालको यातायात क्षेत्रमा सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेशनहरूको नेटवर्कमार्फत उल्लेखनीय सुधार गर्दै आएको छ ।
नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण सीजी मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्याइरहेको छ ।
सीजी मोटर्सले नेपालभर १७५ वटा भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ र निकट भविष्यमा त्यतिनै सङ्ख्यामा चार्जिङ स्टेशन थप्ने योजना रहेको छ । यो व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागि निर्वाध यात्रा गर्न सक्ने सुनिश्चित गर्दछ ।
‘१८ वटा सवारी साधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सीजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ । साथै, समय समयमा मेरो गाडीहरू काठमाडौं भन्दा बाहिर जाने गरेको छ । सो समयमा मलाई सीजीको चार्जिङ्ग नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ,’ बालाजु यातायातका सोम प्रसाद तुलाचनले भने, ‘सीजीको सर्भिस नेटवर्कले गर्दा म झन् ढुक्क भएको छु ।’
सीजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ । सर्भिस सेन्टरहरूमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक ‘किङलङ’ र ‘केवाईसी’ ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।

‘सीजी मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ । चार्जिङ स्टेशनहरूको सङ्ख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ,’ अन्नपूर्ण यातायातका तोयनाथ पोखरेलले भने, ‘काठमाडौँमा तीनवटा स्थानमा सीजीको सर्भिस स्टेशन राखेकाले हामीलाई जुनकुनै स्थानहरूबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुँदा हामी ढुक्क छौँ । साथै बजारमा तथा मिडियामा आएका अनेकौं टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु ।’

सीजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा, जसले गर्दा कुनै पनि ठाउँमा, तपाईंको सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग गर्न कम्पनी सधैं तयार रहेको बताएको छ ।

गंगामहासागर यातायातका नारायण श्रेष्ठ भन्छन्, ‘किङ लङ’ भ्यानहरूको उच्च ग्राउण्ड क्लियरेन्स र गाडीको संरचनाले यातायात सेवाका लागि अब्बल छ । सीजी मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले हामीलाई थप गाडी खरिद गर्न प्रोत्साहन गरेको छ ।’
सीजी मोटर्सले विश्वसनीय र वातावरणमैत्री यातायात समाधानहरू प्रदान गर्न अग्रणी बनेको कम्पनीको दाबी छ । सीजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेको छ । विर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, सुर्खेत, वीरगञ्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुर सर्भिस स्टेशन छ ।