पोखरा । सिटिजन्स बैंकले हिमालय आँखा अस्पताललाई सहयोग गरेको छ ।
बैंकल संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित १० वेटिङ्ग चेयर (कुर्सी) सहयोग प्रदान गरेकोे हो ।
अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रको लागि सानै भएपनि सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि बताउनु भयो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
FACEBOOK COMMENTS