काठमाडौं । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् ।
बुद्धनगरस्थित निवासमा बुधबार राति १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको बताइएको छ।
अहिले दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा आईसीयूमा उपचार भइरहेको भण्डारीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार भण्डारीको शरीरको २५ प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी भाग जलेको छ ।
FACEBOOK COMMENTS