काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।
आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।
FACEBOOK COMMENTS