काठमाडौ. । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड १३ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ३१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा ६३ दशमलव ०७ प्रतिशतले बढेको हो ।
पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ५ रुपैयाँ ५७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको जगेडा कोष २१ करोड ३० लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेपछि प्रति सेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १९१ दशमलव १३ गुणा छ ।
असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १० दशमलव ५९ प्रतिशत बढेर २० करोड ६१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खर्च ५१ दशमलव ५९ प्रतिशत बढेर ७ करोड ३५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यस्तैवित्तीय खर्च ७ दशमलव ६८ प्रतिशत घटेर ६ करोड ३३ लाख ७० हजार कायम भएको छ ।
नेप्सेको होटल तथा पर्यटनमुलक क्षेत्रमा सूचीकृत यस कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता १ हजार ७७ रुपैयाँ छ ।
FACEBOOK COMMENTS