काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् ।
उनले प्रदेशसभाका दुई तिहाइ सांसदको विश्वास पाएका छन् ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरेका हुन् ।
उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।
उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
FACEBOOK COMMENTS