काठमाडौँ । अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्मको प्रयोगमा प्रतिबन्ध लगाएपछि, सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाको रूपमा पहिचान गरिएका ४७ लाख खाताहरूमा पहुँच रोकेको छ ।
सरकारको ई–सुरक्षा आयुक्तद्वारा जारी गरिएको तथ्याङ्कले डिसेम्बर १० मा प्रतिबन्ध लागू भएपछि, १६ वर्ष मुनिका बालबालिकाका खाताहरू निष्क्रिय पारिएको थियो । सञ्चारमन्त्री अनिका वेल्सले अष्ट्रेलियाली अभिभावकहरू अब निश्चिन्त हुन सक्ने बताउदै उनीहरूका बच्चाहरूले आफ्नो बाल्यकाल फिर्ता पाउन सक्ने बताइन । उनले १० सामाजिक सञ्जाल प्लेटफर्महरूले सरकारलाई तथ्याङ्क दिको बताएकी छन् ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले कम्पनीहरूले प्रतिबन्ध पालना गरिरहेका छन् भन्ने कुरा उत्साहजनक रहेको बताएका छन् । तर परिवर्तन रातारात हुँदैन भन्दै उनले प्रारम्भिक संकेतहरूले सरकारले चालेका कदमहरू महत्त्वपूर्ण रहेको बताएका छन् । यसैबीच अस्ट्रेलियामा मेटाले हालै डिसेम्बर ११ सम्म फेसबुक, इन्स्टाग्राम र थ्रेडहरूमा ५.४४ लाख भन्दा बढी खाताहरू निष्क्रिय पारेको बताएको छ ।
FACEBOOK COMMENTS