चितवन । नेकपा एमालेको १०औं महाधिवेशनका लागि चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनमा एमालेले ५ लाखभन्दा बढी नागरिक उतार्ने तयारी गरेका बेला प्रहरीले ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश बाहिरबाट जनशक्ति मगाएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवराज अधिकारीले सुरक्षा योजनाबमोजिम आवश्यकताअनुसार विभिन्न प्रदेशबाट झिकाएर प्रचुर मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
यसका साथै बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मालबहाक सवारी प्रवेशमा पूर्ण रोक लगाएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS