काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले गुरुङ र पाठकले सवारी चालक अनुमति पत्रको परीक्षा संचालन गर्दा फेल भएका परीक्षार्थीहरुबाट बिभिन्न वर्गका सवारी चालक अनुमति पत्र दिनका लागि लिएको एक लाख ८५ हजार नगद रकमसहित गुरुङको कार्यकक्षबाट नियन्त्रणमा लिइएको जनाएको छ ।
त्यस्तै अख्तियारले बिचौलिया पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको तथा कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र बिभिन्न ड्राइभिङ सेन्टरका संचालकहरुको विद्युतीय उपकरण मोबाइल थान-३१ भन्दा बढी, ल्याप्टप थान-२ र अन्य कागजातहरुसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS