निमार्ण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघ बिच सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टमा भएको मूल्यवृद्धिको विषयमा मन्त्रालयमा गराएको दुई पक्ष छलफलबीच उक्त सहमति भएको हो ।
बुधबार दुई पक्ष बिच भएको छलफलमा सिमेन्टको मूल्य नयाँ तोकिने भएको हो । निमार्णको समयमा सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन छलफल भएको निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई छ ।
अध्यक्ष सिंहका अनुसार काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट ५ सय ६० रुपैयाँ र ४ सय ६० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । सिमेन्टमा भएको मूल्यवृद्धि पछि ओपिसि सिमेन्ट प्रति बोरा ७०० देखि ७५० रुपैयाँ र पिपिसी सिमेन्ट ६०० देखि ६५० रुपैयाँसम्म पुर्याइएको थियो । सिमेन्टकाे मूल्य बढाएपछि चाैतर्फिकाे बिराेध भएकाे थियाे ।
FACEBOOK COMMENTS