काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो होलिडे र इभिनिङ काउन्टर बन्द गरेको छ ।
पछिल्लो समय पुनः फैलिरहेको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै बैंकले बिदाको दिन र बैंकिङ समयपछि प्रवाह गर्दै आएको सेवा होलिडे र इभिनिङ काउन्टर बन्द गरेको जनाएको छ ।
बैंकले आज बुधबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सेवा बन्द रहने जनाएको छ । सेवा बन्द रहँदा ग्राहकवर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना गरेको छ ।
सेवा बन्द गरिनु विशेष परिस्थितिको उपजका रूपमा लिइदिन बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध समेत गरेको छ ।
FACEBOOK COMMENTS