काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लामो समयदेखि निरन्तर रूपमा सेवाभावले सञ्चालनमा रहेको अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्टलाई सहयोग गरेको छ ।
अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरू प्रदान गरिरहेको ट्रष्टलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको हो ।
ट्रष्टले यात्रीलाई निःशुल्क भोजन सेवा, धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, महिला सशक्तीकरणका लागि शिक्षाको व्यवस्थासहित कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण, पालनपोषण तथा व्यवस्थापनमार्फत धार्मिक एवम् जैविक परम्पराको संरक्षण र यात्रुहरूका लागि विश्राम तथा आवासको व्यवस्थासहित सुविधासम्पन्न धर्मशाला सञ्चालन गरिरहेको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवाभावमा समर्पित ट्रष्टलाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको बताए ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस–बैंक टेलर सुविधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ३ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS