काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले धनुषास्थित काभ्या हस्पिटलमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकलाई सो छुट सुविधा उपलब्ध गराउन बैंकले काभ्या हस्पिटलसँग सम्झौता समेत गरेको छ ।
सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरूमा २५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।
FACEBOOK COMMENTS