काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ ।
मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यस अघि नै बैंकले बागमती प्रदेशमा “लिडिङ फ्रम द फ्रन्ट: स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश” र कोशी प्रदेशमा “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम: बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यसैको निरन्तरता स्वरूप मधेश प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरू प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिनेछ ।

बैंकको गत आर्थिक वर्ष २०८२/२०८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि दुई खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर दुई अर्ब ९ करोड ८६ लाख पुगेको छ ।