काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द भएको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले सोमबार घोषणा गरेको २८ दशमलव ४ प्रतिशत लाभांश रद्द गरेको हो ।
इन्स्योरेन्स सञ्चालक समितिको वैशाख २३ गते बसेको बैठकले शेयर प्रिमियममा रहेको रकमबाट सेयरधनीलाई २६ दशमलव ९८ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ४२ प्रतिशत नगद गरी कुल २८ दशमलव ४ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
तर, प्राधिकरणले आफ्नो स्वीकृति नलिई एकै वर्षमा दुईपटक लाभांश घोषणा गरेको भन्दै उक्त लाभांश रद्द गर्न निर्देशन दिएको थियो । यसअघि पनि कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।
FACEBOOK COMMENTS