काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले भारतको अस्पतालमा पनि छुट पाउने भएका छन् ।
बैंकले भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटी अस्पतालमा आफ्ना ग्राहकका लागि छुट सुविधाको व्यवस्था गरेको हो । सेवासुविधा आदानप्रदानका लागि बैंकले हालै सो अस्पतालसँग एक समझदारी समेत गरेको छ ।
समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट प्राप्त हुने भएको छ । यस किसिमको सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत चार वर्षदेखि निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
सिटिजन्स बैंकका ग्राहकलाई शंखरापुर हस्पिटलमा छुट
FACEBOOK COMMENTS