काठमाडौँ । कोका-कोला ले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो ।
नेपालमा काठमाडौँ र चितवन गरी कोका-कोलाको दुई ओटा उत्पादन कारखाना रहेका छन् । देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका-कोलाले १ हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ भने ५ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
वार्षिकोत्सवको अवसरमा बोल्दै बोटलर्स नेपालका अध्यक्ष एनएन सिंहले पचास वर्षअघि नेपालमा अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती भएको बताए।
हालसम्म आइपुग्दा कोका-कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको भन्दै उनले सारा नेपालीलाई ताजापन महसुस गराउनु र समाजमा सकारात्मक प्रभाव पार्नु नै आफूहरूको उदेश्य रहेको स्पष्ट पारे।
आफ्नो ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोका-कोलाले कोका-कोला फिफ्टी इयर्स क्विज टाइम नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्दैछ जहाँ ग्राहकहरूले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्र मार्फत आकर्षक उपहारहरू जित्ने मौका पाउन सक्नेछन् ।
कम्पनीका अनुसार ‘खल्ती’ एपमार्फत यस क्विजमा सहभागी हुन सकिनेछ।
FACEBOOK COMMENTS