काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्।
‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए।
साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको छनक पाएपछि प्रधानमन्त्रीले हटाउने तयारी गरेका हुन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रममन्त्री साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालको रहेको पाइएको छ ।