काठमाडौं । नेपालले एक वर्षमा कण्डम खरिदमा मात्रै साढे २४ करोड रुपैयाँ खर्च गरेको छ ।
सरकारले करिब चार करोड थान कण्डमका लागि २४ करोड ६९ लाख ८७ हजार खर्च गरेको छ ।
भन्सार विभागले आज मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट तीन करोड ९२ लाख ३२ हजार थान कण्डम आयात भएको हो ।
जस अनुसार भारतबाट ३ करोड ७१ लाख, चीनबाट ८ लाख ३१ हजार, कोरियाबाट ७ लाख ७३ हजार, मलेसियाबाट ४ लाख ५५ हजार, थाइल्याण्डबाट ६९ हजार र उज्बेकिस्तानबाट ३२ थान कण्डम आयात गरिएको देखिएको छ ।
FACEBOOK COMMENTS